Logo
Logo

फोरम, नयाँ शक्ति र राजपा एकता—के होला प्रभाव ?


- दृष्टि न्युज/संवाददाता


उपेन्द्र यादवको फोरम र वावुराम भट्टराईको नयाँ शक्ति विच पार्टी एकता यही वैशाख २३ गते घोषणा हुने भएको छ । अन्यथा ठुलो केही भएन भने यो एकता हुने पक्का रहेको वताइएकोछ । यसमा राजपा र जनमुक्ति पार्टी पनि एकता हुने सम्भावना वढेको समाचार पनि प्रकाशित भएकोछ ।

यदि यी चार दलका विच पार्टी एकता भएमा यसले नेपालको आगामी राजनीतिमा महत्वपूर्ण प्रभाव छोड्नेछ । यी चार दलका विच एकता भएमा नेकपा र कांग्रेस पार्टीको वैकल्पिक शक्ति वन्ने कोशिस यस नयाँ एकिकृत दलले गर्नेछ ।

 

अहिले संसदमा फोरम तेश्रो ठुलो शक्ति हो भने राजपा चौथो र नयाँ शक्ति दशौं ठुलो शक्ति हो । यी सबै मिलेपछि यो नयाँ एकिकृत पार्टीको केन्द्रिय संसदमा ३४ जना सांसद हुनेछन् । नेकपाको एकल वहुमत रहेकोले केन्द्रिय संसद र केन्द्रिय सरकारमा तत्काल यो एकताले शक्ति सन्तुलनमा ठुलो परिवर्तन आउनेछैन ।

तर यो एकताले नेकपा सरकारलाई ठुलो मनोवैज्ञानिक दवाव अवश्यपनि दिनेछ । नेपाली कांग्रेसलाईपनि यसले मनोवैज्ञानिक दवाव दिनेछ । यदि यो एकता अघिल्लो चुनाव मा भएको भए थप करीव २० सिट सम्म यो एकिकृत पार्टीको सिट वढ्ने र नेकपा तथा कांग्रेसको त्यति नै सिट घट्ने सम्भावना थियो ।

नेकपा नफुटे अर्को चुनाव सम्म केन्द्रिय सरकारमा नेकपा नै रहनेछ । विगतमा कांग्रेसको वहुमतिय सरकार पार्टी फुटको कारणले ढलेको इतिहास छ । तसर्थ नेपाली राजनीतिको विगतले नेकपा कहिल्यै नफुट्ला भन्न सकिन्न ।

आगामी चुनाव सम्ममा सत्ताधारी नेकपा नफुटेर नेकपा कै सरकारले निरन्तरता पाइरह्यो भनेपनि आगामी चुनावमा यस नयाँ एकिकृत पार्टीले नेपाली कांग्रेस र नेकपालाई ठुलो मनोवैज्ञानिक दवावमा राखेर आफ्नो सिट संख्या वढाउने र केन्द्रिय संसदमा कसैकोपनि वहुमत नआउने स्थिति आउन सक्दछ ।

नेकपा सरकारको कछुवा गति, जनअपेक्षा प्रतिको वेवास्ता, भ्रष्टाचार काण्डहरु वढ्नु, चुनावी वाचाहरु भुल्न थाल्नु आदिले आगामी चुनावमा नेकपाको हारको लागि सरकारले नै खाल्डोहरु खन्न थालेको छ । यसले तेश्रो वैकल्पिक शक्तिको लागि मैदान खाली गर्दैछ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्