Logo
Logo

सरकारले बाढीपहिरोबाट मृत्यु हुनेको परिवारलाई २ लाख राहत दिने



काठमाडौं । सरकारले बाढी पहिरोमा परी मृत्यु हुनेकाे परिवारलाई कम्तिमा दुई लाख रुपैयाँ आर्थिक सहयोग दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सरकारले बाढीपहिरोमा परी घाइते हुनेहरुको निःशुल्क उपचार गरिदिने निर्णय गरेको छ । बैठकले राहत र उद्धारको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने निर्णय भएको बताउँदै श्रेष्ठले त्यसका लागि राज्यका सबै संयन्त्र परिचालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्