Logo
Logo

भारतको ओडिसा र बंगाल क्षेत्रमा आँधीको ताण्डव (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट आएको सामुद्रिक आँधी ‘फानी’ले ओडिसामा ताण्डव गरेको छ । शुक्रबार बिहानैबाट सुरु भएको आँधीका कारण जनजीवन प्रभावित बनेको ओडिशा प्रहरीले जनाएको छ । आँधीको बेग अहिले कम हुँदै गएको पनि बताइएको छ ।


सुरुमा २६० किलोमिटर प्रति घण्टाको गतिमा आएको आँधी अहिले १६० को गतिमा चलिरहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


भारतको प्रकोप नियन्त्रण विभागको बिहीबार नै आँधी आउने पुर्व सुचना जारी गरेपछि त्यहाँबाट करिब १० लाख मानिस सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको बताइएको छ । सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुहरुको तीर्थस्थल पुरीनजिकै भूस्खलन हुने अनुमान गरिएको छ ।


अहिले आँधी बंगालको खाडीबाट भारतको ओडिसा राज्यतिर बढिरहेको बताइएको छ । फानीले शुक्रबार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ । त्यो ओडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ । अहिलेसम्म मानवीय क्षतिको खबर नआएको बताइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्