Logo

चिकित्सकले नै एचआइभी संक्रमित सिरिन्ज प्रयोग गरेपछि…


- दृष्टि न्युज/संवाददाता


कराँची, २० बैशाख (एएफपी) । पाकिस्तानका एक चिकित्सकले एचआइभी संक्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी संक्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए ।
कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी संक्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । त्यसपछि दर्जनौं अरु संक्रमितहरु भेटिएका थिए । सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए । संक्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरुमा एचआइभी देखिएन, मन्त्री पेचुहोले बचमाए ।
पाकिस्तानमा एचआइभी संक्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्