Logo
Logo

अल्पमतका मुख्यमन्त्री शाक्यले ६ दिन सत्ता लम्ब्याए



तस्बिर साभारः अनलाइनखबर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्व सरकारको आयु ६ दिन लम्बिएको छ । आज बसेको प्रदेशसभा बैठकमा विश्वातको मतमा मतदान नगरी सभामुखले कार्तिक १० सम्म बैठक स्थगित गरेका छन् ।

सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक कार्तिक १० गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेसँगै शाक्यको सत्ता लम्बिएको हो ।

प्रदेशसभामा मुख्यमन्त्री शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाइएको र आजको बैठकमा प्रतावमाथि छलफल भए पनि बैठक स्थागित गर्दै सत्ता लम्बाइएको हो ।

विपक्षी गठबन्धनले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिने क्रममा परिस्थितिलाई सहज बनाउन मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । अर्को विकल्पमा जान बाध्य नपारियोस् भन्दै चेतावनीसमेत दिएका छन् ।

विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्रीका रुपमा राजेन्द्रप्रसाद पाण्डेको नाम प्रस्ताव गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्