Logo
Logo

एक भारतीय मोडलको नेपाली रजतपट चाहना (फोटो फिचरसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० बैशाख । भारतको सिमलाकी मोडल गीता बर्मा अहिले काठमाडौंलाइ कर्मथलो बनाउँदै मोडलिङमा भबिष्य खोज्दै छिन । नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउँदै गरेको समयमा गीता भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नका मेहनत र परिश्रम गर्दैछिन ।


भक्तपुरको सिर्जनानगरमा आफ्नो दाजु–भाउजुसँग बस्दै आएकी उनी नृत्य तथा अभिनयको ट्रेनिङसमेत लिँदै आएकी छ् । उनले २ वटा नेपाली म्युजिक भिडियो र केही सर्टमुभिमा अभिनय गरिसकेकी छन् । भारतमा समेत आफ्नो कलाकारिता प्रस्तुत गर्दै केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी गीता भविष्यमा चर्चित नायिका बन्ने सोचमा छिन् ।


अभिनय तथा नृत्यमा पोख्त मोडल गीता बर्मा सुन्दर मुहार र आकर्षक शरीरकी धनी छिन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहार नै उनीप्रतिको आकर्षण हो । उनी भन्छिन्, ‘म मेहनतका साथ अभिनय र कलालाई अझै निखारर्दै लैजाने छु । यदि राम्रो चलचित्र, म्युजिक भिडियोहरुमा अफर आएमा अभिनय गर्न तयार छु ।’


सानै उमेरदेखि नेपाली मोडल तथा नायिका बन्ने सोच र रुचि राख्ने गीता अभिनयमा पनि आफूलाई अब्बल दर्जामा राख्न प्रयासरत छिन । गीताले भन्छिन्, ‘अब नेपाली चलचित्र र मोडलिङमै करिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउँछु ।’ कम नेपाली बोल्ने गीता भन्छिन्, ‘मानब जीवन भनेको संघर्ष हो, मेहनत र परिश्रम गर्दै जानुपर्छ । एकदिन अबश्य सफलताको शिखर चढ्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्