फिल्म सेटमा गोली चल्दा क्यामेरापर्सनको मृत्यु, निर्देशक घाइते « Drishti News – Nepalese News Portal
Logo

फिल्म सेटमा गोली चल्दा क्यामेरापर्सनको मृत्यु, निर्देशक घाइते


दृष्टि संवाददाता


एजेन्सी । अमेरिकाको न्यू मेक्सिकोमा फिल्म सेटमा गोली चल्दा क्यामेरापर्सनको मृत्यु भएको छ भने निर्देशक घाइते भएका छन् । मृत्यु हुनेमा फिल्मकी क्यामेरापर्सन हेलेना हचिन्स छन् । भने, निर्देशक जोएल सुजाको अस्पतालमा उपचार भइरहेको छ । फिल्म ‘रस्ट’ को सेटमा अभिनेता एलेक बाल्डविनको प्रोप गनबाट गोली चलेको थियो । प्रहरीका अनुसार उनले शुटिङको लागि गोली चलाएको र गोली क्यामेरापर्सन र निर्देशकलाई लागेको हो ।

अभिनेता बाल्डविनले शुटिङका लागि प्रयोग गरिने गनबाट मिसफायर भएको समाचार एजेन्सीहरुलाई बताएका छन् । उनीविरुद्ध अहिलेसम्म कुनै उजुरी दर्ता भएको छैन । हलिउडको फिल्म शुटिङका क्रममा असली हतियार प्रयोग हुने गरे पनि गोलीको भने प्रयोग हुँदैन । गोली चलेको वा हतियार प्रयोग भएको आभाष मात्र गराइन्छ ।

प्रतिक्रिया दिनुहोस्