Logo
Logo

मुम्बईको एक भवनमा आगलागी, खसेर एक जनाको मृत्यु



एजेन्सी । सेन्ट्रल मुम्बईस्थित एक भवनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहान साठी तलाको उक्त भवनको १९ औँ तलामा आगलागी हुँदा एक जनाको ज्यान गएको भारतको दमकल विभागले जनाएको छ ।

बीबीसी मराठीका अनुसार एक व्यक्तिमा भवनमाथिबाट खसेर मृत्यु भएको हो । सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो भाइरल भइरहेको छ । जसमा एक जनाको १९ औँ तलाको ग्यालरीबाट खसेर मृत्यु भएको हो । प्रशासनका अनुसार मृत्यु हुनेमा ३० वर्षीय अरुण तिवारी छन् ।

प्रतिक्रिया दिनुहोस्