Logo
Logo

कांग्रेसका छायामन्त्रीको सूची तयार,झन्डा, डन्डा र गाडी नपाए पनि मन्त्री चुन्न प्रधानमन्त्रीलाई जस्तै गाह्रो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २१ वैशाख ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा, बन्दी पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् ।

सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम भने यिनै हुनेछन् ।’ यो समाचार रमेश सापकोटाले नयाँ पत्रिकामा लेखेका छन् ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

कांग्रेस नेता भन्छन्– झन्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री चुन्न प्रधानमन्त्रीलाई जस्तै गाह्रो

छायामन्त्री भए पनि धेरै आकांक्षीबाट छान्न गाह्रो भएको कांग्रेसका एक नेताले बताए । संयोजक छान्न नसकेकैले समय लिएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीलाई मन्त्री बनाउनजस्तै हामीलाई छायामन्त्री बनाउन पनि गाह्रो भएको छ,’ ती नेताले भने, ‘झन्डा, डन्डा र गाडी नहुने भए पनि गृह, अर्थ, पर्यटनसहितका मन्त्रालयमा धेरैको दाबी हुँदा हामीलाई नाम टुंग्याउन केही समय लागेको हो । अब ढिलो हुँदैन ।’ दाबेदारहरू रिसाउने, गुटगत भागबन्डा खोज्नेजस्ता समस्या नआऊन्् भनेर पनि पहिले नै नाम घोषणा नगरिएको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्