Logo
Logo

गण्डकी म्युजिक अवार्ड : सर्वोकृष्ट सुगम संगीत अवार्ड विनोद बानियाँलाई



काठमाडौँ । गण्डकी, पुष्पाञ्जली स्टुडियो पोखराद्वारा सञ्चालित राष्ट्रियस्तरको गण्डकी म्युजिक अवार्ड– २०७८ बाट विभिन्न विधामा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा गायक विनोद बानियाँलाई सर्वोकृष्ट सुगम संगित गायक विधामा अवार्ड प्रदान गरिएको हो । उनले ‘पार्वती’ नामक गीतमार्फत उक्त अवार्ड हात पारेका हुन् ।

लोकदोहोरीको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने लोक गायिका हरिदेवी कोइरालालाई लाइफ टाइम अचिभमेन्ट, दोहोरी गायक राजु परियालाई लोक स्वर सम्राटको उपाधि र गुरुङ चलचित्रका महानायकको उपाधिबाट चलचित्रकर्मी तारा गुरुङलाई सम्मान गरिएको छ ।

त्यस्तै, गीतसंगीत एवं साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नवराज बराल, क्षेत्रबहादुर कुँवर, सम्मर बहादुर थायक, मिठु झा, रेसम सापकोटा र पवित्रा रसाइलीलाई सम्मान गरिएको छ ।

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले सम्मानित स्रष्टालाई सम्मान गर्दै गीतसंगीतबाट सामाजिक न्यायसहितको समृद्धि आवश्यक भएको बताए ।

‘नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान’ भन्ने नारासहित आयोजित कार्यक्रममा उत्कृष्ट पप गीतमा चेतन राई, पप संगीतमा सुदीप फेल्डर, पप म्युजिकमा अमित गुरुङ, पप एरेन्जतर्फ दीपक लामा, उत्कृष्ट चार्ड पर्व गीतमा किरण शर्मा, उत्कृष्ट राष्ट्रिय गीतमा गोविन्द चापागाईं, मात्री भाषामा राजबहादुर गुरुङ, मौलिक लोकगीतमा रामचन्द्र ढकालले अवार्ड जित्न सफल भएको संस्थाका प्रबन्ध निर्देशक कृष्णप्रसाद गौतमले जानकारी दिए ।

त्यसैगरी, उत्कृष्ट भजनमा सन्तोष अधिकारी, गाउँ चिनारी गीतमा सरिता अधिकार, सुगम गीतमा टेकनारायण चापागाईं, आधुनिक गीत रचनामा शान्ति सुनार, आधुनिक गीत म्युजिकमा जयकुमार परियार, आधुनिक गीत एरेन्जमा विवी अनुरागी, लोकगीतमा जीवन दाहाल, दोहोरी गायक पुरुषतर्फ कमल सुशान्त केसी, सोही इभेन्टमा महिलातर्फ भने दिलु फगामी मगर, लोकदोहोरी रचनामा सुरज रेग्मी, लय लोकगीतमा नारायण भट्टराई, नवलोक गायक सुमित्रा गिरी, एरेन्जतर्फ सुनिल परियार, म्युजिक भिडियोमा कृष्ण गुरुङ सम्मानित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्