प्रधान सेनापति भ्रमणमा भारत जाँदै « Drishti News – Nepalese News Portal
Logo

प्रधान सेनापति भ्रमणमा भारत जाँदै


दृष्टि संवाददाता


काठमाडौ । प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन्। शर्माले कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको जंगी अड्डाले जनाएको छ।

भ्रमणका क्रममा उनले भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाले सम्मान पाउने कार्यक्रम रहेको छ।

उनले भ्रमणका क्रममा समकक्षी जनरल नरवढेलगायत भारतीय सेनाका विभिन्न सुरक्षा अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्