Logo
Logo

प्रधानन्यायाधीशले तोके आफूसहितको इजलास


756
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतमा आफूसहितको इजलास तोकेका छन् । तिहारपछि आज खुलेको सर्वोच्च अदालमा सोमबार प्रधानन्यायाधीश जबराले ६ वटा इजलास राखेका हुन् ।

उनले एउटा इजलासमा आफूलाई पनि राखेका छन् । उनले न्यायाधीश कुमार चुडालसँग पूर्ण इजलासमा आफूलाई राखेका छन् । तर, ६ वटै इजलासमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र छन् । नेपाल बार एशोसिएसनले उनलाई यसअघि इजलासमा नबस्न सुझाव दिँदै आएका थियो ।

सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणबाहेक अन्य मुद्दाका लागि इजलासमा नबस्ने अडान लिएपछि केही यता सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणका मुद्दामात्र पेसी चढाउन थालिएको हो । सर्वोच्च अदालतका अधिकांश न्यायाधीश र बार एशोसिएसनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन सुझाव दिएका छन् ।

यो पनि

प्रतिक्रिया दिनुहोस्