Logo
Logo

सर्वोच्चमा सुरक्षा व्यवस्था कडा



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसियसनले आज सर्वोच्च अदालतको गेटमै रोक्ने जनाएपछि प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सर्वोच्च अदालत क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बारले बिहान १० बजेदेखि सर्वोच्चको गेटमै धर्ना दिने भनेपछि बिहानै प्रहरी परिचालन गरिएको हो ।

सर्वोच्च अदालत सुरक्षा गणका एसपी दीपक रेग्मीले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गरी सुरक्षा सतर्कता बढाइएको जानकारी दिए । सुरक्षाको व्यवस्थापन काठमाडौं परिसरले गरिरहेको छ ।

हरेक वृत्तबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली रामशाहपथ क्षेत्रमा आइरहेको छ । बारको बिहीबारको धर्नामा प्रहरी हस्तक्षेप भएपछि विवाद उत्कर्षमा पुगेको हो ।

बार महासचिव लीलामणि पौडेलले आज बिहान १० बजे सर्वोच्च अदालतको मुख्य गेटबाट प्रधानन्यायाधीश जराबलाई ‍प्रवेश गर्न नदिन धर्ना दिइने बताए । बारले नागरिकलाई आन्दोलनमा सहयोग गर्न आह्वान पनि गरेको छ ।

बारले प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ । यस्तै बारले आज सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न पनि अपिल गरेको छ । १९ दिनदेखि सर्वोच्चमा प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलन भइरहेको छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्