Logo
Logo

वकिलहरुको प्रदर्शनमा झडप, केही पक्राउ



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा पक्षका कानुन व्यवसायी र आन्दोलनरत कानुन व्यवसायीहरुबीच झडप भएको छ । प्रहरीले केहीलाई पक्राउ समेत गरेको छ ।

सर्वोच्च अदालतको मूल गेटमा आज धर्ना दिन अगाडि बढेका कानुन व्यवसायीसँग उनीहरुको केहीबेर भनाभन र हात हालाहाल भएको हो ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै अन्दोलनरत कानुन व्यवसायीहरु आज पनि आन्दोलनलाई जारी राखेका छन् । सर्वोच्च अदालत अगाडिको सडकबाट नारा जुलुसहित अदालत परिसर छिर्ने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश राणालाई आज सर्वोच्चमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए । प्रहरी र कानुन व्यवासायीहरुबीच धकेलाधेकल र झडपपछि अहिले कानुन व्यवसायीहरु सर्वोच्च अगाडी धर्नामा बसेका छन् ।

सर्वोच्च अदालत प्रवेश गर्ने भित्री गेटहरु सबै बन्द भएपछि उनीहरुले बाहिरी गेटमा धर्ना दिएका हुन् । उनीहरुले प्रधानन्यायाधीश राजीनामा दे जस्ता नारा लगाएका छन् ।

आन्दोलनको अगुवाइ गर्दै आएको नेपाल बार एशोसिएसनका पदाधिकारीहरुले प्रदर्शनमा सहभागीहरुलाई संयमित हुन आह्वान पनि गरेको छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्