Logo
Logo

‘पत्रकारले प्रतिगामी तत्वहरुको जरो उखेल्नुपर्छ’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पत्रकारले प्रतिगामी तत्वहरुको जरो उखेल्नु पर्ने र गलत प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीनिकट समाजवादी प्रेस संगठनको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने ‘पत्रकार भनेको जनतालाई सुुसुचित गर्ने काम मात्रै होइन देशलाई मार्गदर्शन गर्ने माध्यम हुनुपर्छ ।’

पत्रकारहरुलाई उनले समाजमा भएका राम्रो कामको उत्खनन् गर्ने र गलत कामको भण्डाफोर गर्नुपर्ने सुझाए । उनले साँझ पर्ने बितिकै होटेल नधाउन र निष्ठावान बनेर पत्रकारिताको धर्म निभाउन सुझाएका छन् ।

राष्ट्रिय एकताको पक्षमा कलम चलाउँदै अनुचित काम गर्नेलाई नछाड्न पनि सुझाए । ‘समाजवादी आदर्शबाट अगाडि बढ्नु । गलत कामको गलत भन्नुस् । पत्रकारिताको राम्रो आचरण विकास गर्नुस् ।’

देशमा विभिन्न किसिमका भ्रष्टाचार, शोषण उत्पीडन र विकृति विसंगति मौलाइरहेको बताए । पत्रकारहरुले पनि त्यसखालका विकृति विसंगितविरुद्ध कलम चलाउनुपर्नेमा अध्यक्ष नेपालले जोड दिए । पछिल्लो समय देशमभर समाजवादी पार्टीमा आकर्षण बढेको र प्रवेश गर्नेहरुको लहर चलिरहेको नेपालले बताए ।

यस्तै नेपालले आफ्नो पार्टीले दक्षिणपन्थी र प्रतिगमन विरुद्धको लडाई लडिरहेको पनि बताए । अध्यक्ष नेपालले आफुहरुले सामाजिक न्यायसहितको समाजवाद चाहेको बताए ।

उनले भने, ‘हाम्रो पार्टी कम्युनिष्ट चरित्रको हुनेछ, हामी यसलाई व्यवहारमा देखाउँछौ, कम्युनिष्टहरू सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ । योसँगै हामी दक्षिणपन्थ र प्रतिगमन विरुद्धको लडाई लडिरहेका छौं ।’


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्