Logo
Logo

धरानका डिएसपी फेरिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ बैशाख ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी फेरिएका छन् । धरानमा ठिएसपी ढुन्डीराज न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।
यसअघि सुमन तिमिल्सिना धरानका इन्चार्ज थिए । धरान डिएसपीका लागि आकर्षक पोष्टिङ मानिन्छ ।


डिएसपी न्यौपानेले धरानमा रात्रीकालिन बजार सञ्चालन हुने सम्भावना रहेको बताएका छन् । ‘धरान पर्यटकीय स्थल भएकाले पनि रात्रीकालिन वजार आवस्यकता छ, तर त्यसका लागि प्रहरी एक्लैले संभव छैन, धरानवासी,व्यवसायी,स्थानीय सरकार र प्रहरी प्रशासनसँग सँगै लाग्नु पर्छ।’ शान्ति सुरक्षा कायम गर्दै हाललाई विगतको जस्तै रात्री ११ वजे सम्म होटल व्यवसाय सन्चालन गर्न प्रहरीबाट कुनै वाधा अवरोध नहुने पनि जनाए । लागूऔषध र गुन्डागर्दी नियन्त्रण आफ्नो प्रमुख एजेन्डा भएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्