Logo
Logo

शेर्पाको सम्झनामा लुम्बिनीमा बिहार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २९ बैशाख ।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका यती एयरलाइन्सका अध्यक्ष आङ छिरिङ शेर्पाको सम्झानामा लुम्बिनीमा शेर्पा बिहार निर्माण गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिहारको शिलान्यास गर्ने तयारी छ । बुद्ध जयन्तिको अवसर पारेर लुम्बिनीभित्र बिहार निर्माणको शिलान्यास गर्न लागिएको भैरहवास्थित दृष्टि प्रतिनिधिले जनाएका छन् ।


गत १५ फागुनमा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा शेर्पाको मृत्यु भएको थियो । पर्यटनमन्त्री रबिन्द्र अधिकारी लगायत सात जनाले सो दुर्घटनामा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्