Logo
Logo

सर्वोच्चको फैसलाविरुद्ध सरकारी अड्डा एकमतः गुठीको जग्गा व्यक्तिलाई अमान्य


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा , ३० वैशाख ।
सर्वोच्च अदालतले व्यक्ति विशेषको प्रभावमा परी अर्बौं रुपैयाँबराबरको गुठीको जग्गा व्यक्तिको नाममा गरिलिएको भन्दै झापाका सरकारी अड्डाले त्यसलाई कार्यान्वयन गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले तत्कालीन न्यायाधीशहरु गौरी ढकाल र राजेन्द्र कोइरालाले ९ फागुन २०६६ मा झापाको विर्तामोड नगरपालिकास्थित विर्ताबजारको अनारमनी देवी गुठी स्थानको साढे ५ बिघा जमिन चारजनाको नाममा जोतभोगको व्यवस्था मिलाउनु भनी फैसला गरेका थिए । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

सो फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयबाट पाँचपटक ताकेता गर्दा समेत झापाकोका सवै सरकारी अड्डाले यस्तो फैसला कार्यान्वयन नगर्ने आन्तरिक सहमति गरी म्याद गुजारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्