Logo
Logo

सत्यमोहन जोशी १०० औं वर्षमा, दुई नगरमा सार्वजनिक विदा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ,३० वैशाख ।

संस्कृतिविद् सत्यमोहन जोशी सोमबार दिउँसोबाट १०० वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा ललितपुर महानगरपालिकाले आज उनको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ । जोशीको एक सयौं जन्मोत्सव भव्यताका साथ मनाउन ललितपुर महानगर र गोदावरी नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेका छन्।

जोशीको एक सयौं जन्मोत्सवमा सोमबार ललितपुर महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्दै छ। जोशीलाई बग्गीमा राखेर मंगलबजारदेखि ईटी, कुमारीपाटी, जाउलाखेल हुँदै पुल्चोक पुर्‍याउने कार्यक्रम रहेको महानगरपालिकाले जनाएको छ।

बिहान साढे ११ बजे र्‍याली सुरु हुनेछ। कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल उपस्थित हुनेछन्।  जोशीको सम्मानमा रक्तदान तथा दीपावली कार्यक्रम राखेको महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेको छ ।

जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्