Logo
Logo

को बन्छ करोडपति मा राजिव जैनले जिते १ करोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
कौन बनेगा करोडपतिको नेपाली संस्करण को बन्छ करोडपतिमा राजीव जैनले एक करोड जितेका छन् । कीर्तिमान कायम गर्दै विराटनगरका जैनले कार्यक्रममा सोधिएको १५ वटै प्रश्नको सही जवाफ दिँदै एक करोड जितेका हुन् ।

एपी वान एचडि टेलिभिजनमा प्रशारण हुदैँ आएको आइतबार शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । को बन्छ करोडपतिमा १ करोड जित्ने उनी पहिलो सहभागि समेत भएका छन् ।

२००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन्।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्