Logo
Logo

जानकी नवमीमा सहभागी हुन राष्ट्रपति जनकपुरधाममा आउँदै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
जनकपुरमा आज धुमधामकासाथ जानकी नवमी पर्व मनाइँदैछ। मिथिलाको भुमिमा राजा जनकले हलो चलाउँदा सीताको जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।

जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जानकी महोत्सवको विशेष समारोहमा सहभागि हुन राष्ट्रपति भण्डारी सोमबार जनकपुरधाम आउन लागेकी हुन्।

सीताको जन्मदेखि न्वारन सम्मको सांस्कृतिक र परम्परालाई मध्यनजर गर्दै मनाउने गरिन्छ। जानकी मन्दिरले १५ दिने जानकी नवमी महामहोत्सव मनाउँदै आएकोमा प्रदेश–२ सरकारले आज सार्वजनिक विदा समेत दिएको छ। वैशाख २२ गते देखि मनाईदै आएको जानकी महोत्सवको मुख्य दिन हो। महोत्सव जेष्ठ ४ गते सम्म चल्नेछ।

राष्ट्रपति विद्यादेवी भण्डारी बिहान ८ ः ४५ मिनेटमा जनकपुरधाम एयरपोर्ट आउने र एयरपोर्टबाट सिधैँ जानकी मन्दिरमा पूजा तथा दर्शन गर्ने कार्यक्रम तय भएको छ। विशेष कार्यक्रममा सहभागि पछि सिधैँ राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौं फर्कीने छिन् ।

प्रतिक्रिया दिनुहोस्