Logo
Logo

चितवन कांग्रेस सभापतिमा खनालको उम्मेदवारी घोषणा



चितवन । नेपाली कांग्रेस चितवनको सभापति पदमा राजेश्वर खनालले उम्मेदवारि घोषणा गरेका छन् । खनालले बिहीबार पत्रकार सम्मेलन गरेर सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

चितवनमा कांग्रेसलाई व्यवस्थित बनाउँदै बहुमतसहितको पहिलो पार्टी बनाउन आफ्नो उम्मेद्वारी रहेको उनले बताए । उनले अबको कांग्रेस विकास, समृद्धिसँगै सेवामा अग्रसर हुने पार्टी बन्नुपर्ने बताए ।

खनालले केन्द्रमा देखिएको देउवा वा पौडेल कुनै गुटको नभई जिल्लाको आवश्यकताका आधारमा सभापतिमा उम्मेद्वारी दिएको बताए । उनले सभापति हुँदा एकात्मक सोचको अन्त्य गरि संघ, संगठन र कार्यकर्तालाई व्यवस्थित बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्