Logo
Logo

कानुन व्यवसायीद्वारा गृहमन्त्रीको राजीनामा माग



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानून व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको पनि राजीनामा मागेका छन् ।

कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

आइतबारेको विरोध प्रदर्शनमा उनीहरुले आज सर्वोच्च परिसरमा गृहमन्त्री राजीनामा देउ भन्दै नारा लगाएका थिए । प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि नारा लगाएका हुन् ।

कानुन व्यवसायीहरुले गरेको २ मंसिरको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

कानून व्यवसायीले आज सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् । यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्