Logo
Logo

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद, रघुवीर महासेठविरुद्ध नाराबाजी



काठमाडौं । नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोट गर्दा धनुषामा विवाद उत्पन्न भएको छ । एमाले कार्याकर्ताले स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै शनिबार विरोध प्रदर्शनी गरेका छन् ।

प्रदेश २, प्रदेश सभाका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठविरूद्ध प्रदर्शनी र नाराबाजी भएको हो । प्रमुख सचेतक किशोरी साहका अनुसार महासेठले धनुषाबाट प्रतिनिधि छनोटमा गुटबन्दी गरेकाले विरोध प्रदर्शन गरिएको बताए । ‘प्रतिनिधि छनोटमा गरिएको मनपरी नसच्याइएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।

पूर्वमन्त्रीसमेत रहेका महासेठले साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शीला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरी एक्लौटी ढंगले निर्णय गरेको भन्दै कार्यकर्ताहरू विरोधमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्