Logo

संघर्ष र सफलताको कथा


Published On : 14 May, 2019

नेपालको एक संस्थाले हालै संयुक्त राष्ट्र संघबाट एक लाख अमेरिकी डलरको प्रतिष्ठित पुरस्कार पाएको छ । विभिन्न मुलुकका एक हजार आठ सय ८७ प्रतिस्पर्धीलाई पछि पार्दै महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्थाले ‘राजकुमारी सविता विन्त अब्राहिम अल खालिफा ग्लोबल अवार्ड’ पाएको हो ।

नेपालमा हजारौं विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पु¥याएवापत सो संस्थाले अवार्ड पाएको हो । नमुना संस्थाका रुपमा राष्ट्रसंघबाट पुरस्कृत सो संस्थाको नेतृत्व सुरुदेखि नै डा सुमित्रा मानन्धर गुरुङले गर्दै आएकी छिन् । राष्ट्रसंघको ६३ औं महिलासम्बन्धि महासभामा उनले नै सो पुरस्कार ग्रहण गरेकी छिन् । पुरस्कारले आफूहरुको दायित्व थप बढाएको उनी बताउँछिन् ।

यसरी सुरु भयो महिला सहयात्रा

महिला सहयात्रा माइक्रोफाइनान्सको आधार महिला सहकारी संस्था हो । करिब २३ वर्षअघि कुलेश्वरमा महिला सहकारी स्थापना भएको थियो । सोही संस्थाको कार्यकारी प्रमुख हुँदा डा.सुमित्राले माइक्रोफाइनान्स स्थापनाको सोच बनाएकी थिइन् । ‘सहकारीलाई बैंक बनाउन नमिल्ने’ उनी भन्छिन्,‘देशभरीका विपन्न महिलाहरुको जीवनस्तर उकास्ने उदेश्यले नै हामीले माइक्रोफाइनान्स स्थापनाको प्रक्रिया अघि बढायौं ।’

महिला सहयात्रा माइक्रोफाइनान्सले यसरी अन्तराष्ट्रिय पुरस्कार पाउनुको कारण विपन्न वर्गमा गरेको आर्थिक लगानी हो । सिमान्तकृत मात्र होइन विदेशबाट शोषणमा परी फर्किएका तथा हिंसामा परेका महिलाहरुलाई समेत प्राथमिकता दिएर संस्थाले आर्थिक लगानी गरेको छ । द्वन्द्वको समयमा विभिन्न अध्ययनका लागि उनी दुर्गम गाउँहरु समेत पुगिन् । ‘द्वन्द्वमा पुरुषहरु पलायन भएपछि महिलाहरुले देश धानेका थिए,’ उनी भन्छन्,‘त्यसकारण स्रोत भए महिलाले धेरै गर्न सक्छन् भन्ने लागेर हामीले महिलालाई नै बढी लक्षित गरेर वित्तिय लगानी गरेका हौं ।’

 

त्यसका लागि एक सय जना महिलाहरुले पाँच÷पाँच लाखका दरले शेयर राख्ने प्रस्ताव भयो । जसमध्ये विभिन्न कारणले ९३ जनाले मात्र शेयर राखे । प्राइम, सिभिल, नवील बैंक तथा गोरखा फाइनान्सको समेत लगानीमा सो माइक्रो फाइनान्स स्थापनाको प्रक्रिया अघि बढ्यो ।

६ महिनामा नेपाल राष्ट्र बैंकबाट लाइसेन्सको काम पूरा हुने बताइएकोमा प्रक्रियामै तीन वर्ष लाग्यो । तीन वर्षसम्म उनले व्यक्तिगत खर्चमा दौडधुप गरिन् ।

माइक्रो फाइनान्सको मुख्य कार्यालय उपत्यका बाहिर राख्नुपर्ने राष्ट्र बैंकको प्रावधान थियो । त्यसका लागि रसुवादेखि काभ्रेको पनौतीसम्म पुगिन् । मकवानपुरको चित्लाङ उनका लागि उपयुक्त ठाउँ लाग्यो । प्लान इन्टरनेशनलमा काम गर्दा मकवानपुरमा सबैसँग त्यहाँ उनको चिनजान थियो । त्यही कारण काम गर्न सहज हुने ठानेर चित्लाङ रोजेकी थिइन् । हाल संस्थाको २६ वटा शाखा पुगिसकेका छन् ।

‘डेभलपमेन्ट एक्टिभिस्टका रुपमा काम गरेकाले मलाई वित्तिय क्षेत्रको धेरै ज्ञान थिएन,’ सुमित्रा भन्छिन्,‘तर, मेरो उदेश्यले विपन्न महिलाहरुलाई नै लक्षित गरेर काम गर्नुपर्छ भन्ने थियो ।’

सुरुमै मकवानपुरको दुर्गम गाउँ फापरबारीमा गएर काम गरेको उनले सुनाइन् । सकेसम्म अन्य वित्तिय संस्था नपुगेका ग्रामिण क्षेत्रहरुमा गएर सेवा दिइएको उनी बताउँछन् । महिला सहयात्रा माइक्रोफाइनान्सले यसरी अन्तराष्ट्रिय पुरस्कार पाउनुको कारण विपन्न वर्गमा गरेको आर्थिक लगानी हो । सिमान्तकृत मात्र होइन विदेशबाट शोषणमा परी फर्किएका तथा हिंसामा परेका महिलाहरुलाई समेत प्राथमिकता दिएर संस्थाले आर्थिक लगानी गरेको छ । कतिपय फोन नलाग्ने गाउँमा समेत लाखौं पैसा बोकेर जानुपर्ने अवस्था रहेको डा.गुरुङ सुनाउँछिन् ।

माइक्रो फाइनान्सले सामूहिक जमानीका आधारमा धितो बिना कर्जा प्रवाह गर्दछ । त्यसबेला १०÷२० हजार मात्र दिने चलन थियो । तर, एउटा भैंसी किन्नलाई समेत कर्जा दिन नसक्ने अवस्था देखेर उनले कर्जाको मात्रा बढाइन् । ‘भैंसी किन्ने वित्तिक्कै ब्याएर दुध दिदैन, त्यसकारण ६ महिनासम्म ब्याज तिर्ने र त्यसपछि किस्ता तिरे हुने खुकुलो नियम बनाएर लागु ग¥यौं, जसले किसानहरुलाई धेरै सहज भयो ।’ उनले भनिन् ।

द्वन्द्वको समयमा विभिन्न अध्ययनका लागि उनी दुर्गम गाउँहरु समेत पुगिन् । ‘द्वन्द्वमा पुरुषहरु पलायन भएपछि महिलाहरुले देश धानेका थिए,’ उनी भन्छन्,‘त्यसकारण स्रोत भए महिलाले धेरै गर्न सक्छन् भन्ने लागेर हामीले महिलालाई नै बढी लक्षित गरेर वित्तिय लगानी गरेका हौं ।’

धेरै माइक्रोफाइनान्सको सफलता नाफासँग तुलना हुने गरिएको छ । तर, आफ्नो संस्थाले कति सर्वसाधारणको जीवनमा परिवर्तन ल्यायो भन्नेमा सफलता मूल्याङकन हुने उनी बताउँछिन् । ६ वर्षको अवधिमा संस्थाले २८ हजार पाँच सय विपन्न व्यक्तिहरुलाई सेवा दिइसकेको छ । दुर्गम क्षेत्रमा केन्द्रीत हुँदा संस्थाको अप्रेसन खर्च धेरै हुने गरेको छ । त्यसका बाबजुत पनि नाफा बढीरहेको उनको भनाइ छ ।

बच्चा बोकेर पिएचडी

काठमाडौंको असनमा सम्पन्न परिवारमा जन्मिएकी भएपनि सुमित्राको जीवन संघर्षले भरिएको छ । राणाशासनविरुद्ध संघर्ष गरेर स्थापना गरिएको शान्ति निकुञ्ज स्कुलमा उनले पढिन् । २०३६ सालमा एसएलसी थिइन् । त्यसपछि के पढ्ने भन्ने अन्योलता थियो । परिवारले उनलाई होम साइन्स विषयमा रत्नराज्यलक्ष्मी क्याम्पसमा भर्ना गरिदिए । एक आफन्त त्यहाँ कार्यरत रहेकाले उनको त्यहाँ भर्ना भएको थियो । तर, त्यहाँको वातावरण उनलाई मन परेन । दुई हप्तापछि पाटन क्याम्पस भर्ना भइन् । ‘जमलबाट बसे चढेपछि पाटन ढोकाको गेटमा रोखिदिन्थ्यो,’ उनी सम्झन्छिन्,‘त्यतीबेला कलेज जाने युवती भने थोरै थिए ।’ आफ्नो कक्षामा १÷२ जना मात्र छात्रा रहेको उनी बताउँछिन् ।

उनले त्रिचन्द्रबाट स्नातक तथा त्रिभिुवन विश्वबिद्यालयबाट भूगोलमा स्नातकोत्तरको अध्ययन पूरा गरिन् । त्यतीबेला डा.हर्क गुरुङ लगायत प्रतिष्ठित व्यक्तिहरुले त्रिविमा पढाउने गरेको डा.गुरुङ सम्झन्छिन् ।

बच्चा बोकेर पिएचडी

त्रिविमा एमए अध्ययनका क्रममा उनका साथी थिए चन्द्र गुरुङ, जो पछि उनका जीवनसाथी भए । विश्वबिद्यालयको प्रेमले विवाहको रुप लियो । तर, त्यो विवाह सहज थिएन । त्यो समयमा अन्र्तजातिय बिहे गर्नलाई निकै कठिन थियो । अर्काेतर्फ उनको परिवारको असनमा घर थियो । गुरुङ पोखराको सिक्लेस गाउँका थिए । गुरुङसँग बिहे गर्दा दुःख हुनसक्ने उनलाई परिवारको चेतावनी थियो । तर, परिवारको चित्त दुखाएरै उनले बिहे गरिन् ।

उनको बिहे थाइल्याण्डमा भएको थियो । ‘त्यतीबेला हामी दुवै थाइल्याण्डको एआईटीमा स्नाताकोत्तर पढ्दै थियौं,’ डा. गुरुङ भन्छिन्,‘उहाँ म भन्दा एक वर्षअघि जानु भएको थियो, उहाँसँगै फर्कन मैलै कतै घुम्दा पनि नघुमी धेरै दुःख गरेर माष्टर डिग्री पुरा गरें ।’

थाइल्याण्ड जानुअघि नै उनको जागिर यात्रा सुरु भइसकेको थियो । त्यसबेला नेपालमा वनबिनाश नियन्त्रणबारे बहस सुरु भइसकेको थियो । एक प्रोजेक्टमा सुमित्रा पनि आबद्ध भइन् । त्यतीबेला आफ्नो तलब ६ सय रुपैयाँ रहेको उनले बताइन् । उनी भन्छिन्,‘त्यही ६ सय रुपैयाँ जम्मा गरेर मैले यहाँको जग्गा किनेको हुँ ।’ स्वयम्भुमा त्यतीबेला किनेकै जग्गामा सुन्दर घर बनाएर उनी बस्दै आएकी छिन् ।

पिएचडीका लागि दुवै जनाले अमेरिकाको हवाई विश्वबिद्यालयमा छात्रवृत्ति पाएका थिए । त्यतीबेला उनको बच्चा भर्खर ६ महिनाको थियो । बच्चा हुर्काएर पिएचडी गर्न उनले निकै गाह्रो भयो । ‘मेरो जीवनको सबैभन्दा संघर्षको समय त्यही होला जस्तो लाग्छ,’ उनी भन्छन्,‘६ महिनाको बच्चा काखी च्यापेर पिएचडी गर्न साह्रै गाह्रो भयो ।’

पिएचडीपछि दुवै जना नेपाल आएर काम गर्न थाले । डा.सुमित्रा इसिमोड, प्लान इन्टरनेशनल लगायत संस्थामा आबद्ध भएर काम गरिन् । इसिमोडमा उनको तलब एक हजार पाँच सय डलर थियो । स्वतन्त्र रुपमा विभिन्न अध्ययन÷अनुसन्धानमा पनि उनी आबद्ध भइन् ।

सन्तान हुर्कदै थिए, करिअर पनि उनको माथि उठ्दै थियो । जीवनमा दुःख पनि सुरु भएका थिए । उनका श्रीमान डा चन्द्र कास्कीतिरै बस्दथे । उनीहरुको दाम्पत्य जीवन सुमधुर हुन सकेको थिएन । सन् २००६ मा भएको हेलिकोप्टर दुर्घटनामा चन्द्रलाई गुमाइन् ।

जीवनमा धेरै उतार चडावका बीच पनि डा.सुमित्राले हिम्मत हारिनन् । आफ्नो करिअरलाई अगाडि बढाउँदै लगिन् । राष्ट्रिय÷अन्तराष्ट्रिय विभिन्न संघ संस्थामा आबद्ध भइन् । डेभलपमेन्ट एक्टिभिस्टबाट नेपालमा दलित, अल्पसंख्यक तथा महिलाहरुको विषयमा आवाज उठाउन थालिन् । त्यही निरन्तरको संघर्षले गर्दा महिला सहयात्रा माइक्रोफाइनान्सले अन्तराष्ट्रिय अवार्ड हात पारेको थियो । देशका महिला तथा अल्पसंख्यकको जीवनलाई माथि उठाउन आफ्नो सक्रियता निरन्तरता पाउने उनी बताउँछिन् ।

  • पार्वती धरेल
प्रतिक्रिया दिनुहोस्