Logo
Logo

के आमिर खान तेस्रो बिहे गर्दैछन् ?



एजेन्सी । बलिउड सुपरस्टार आमिर खान आजकाल आफ्नो तेस्रो विवाहको विषयमा चर्चामा आएका छन् । केही दिन अघि सार्वजनिक भएको खबर अनुसार आमिर एक बलिउड नायिकासँग तेस्रो पटक विवाह गर्ने तयारीमा छन् । फिल्म ‘लाल सिंह चड्डा’ सार्वजनिक भएपछि आमिर आफ्नो विवाहको घोषणा गर्नेछन् । अब यो विषयमा नयाँ जानकारी प्राप्त भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ ।

आमिर खान आफ्नो फिल्मबाहेक नीजि जीवनका कारण पनि चर्चामा आउने गर्छन् । उनले सुरुमा रिना दत्तासँग विवाह गरेका थिए । त्यसपछि निर्देशक किरण रावसँग विवाह बन्धनमा बाँधिइन् । जुलाई ३ तारिखमा किरण र आमिरले आफ्नो सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । यी दुईको सम्बन्धविच्छेदको दोष नायिका फातिमा सना शेखमाथि लगाइयो । त्यसपछि आमिरले तेस्रोपटक विवाह गर्न लागेको खबर आयो । यो खबरलाई उनको नजिकको स्रोतले झुटो बताएका छन् ।

फातिमा सना शेखले आमिरसँगको सम्बन्ध रहेको हल्लाबारे आफ्नो प्रतिक्रिया दिएकी थिइन् । यी दुईको नाम फिल्म दंगलपछि जोड्न सुरु गरिएको हो । फातिमाले यसबारे भनेकी थिइन्, ‘केही अपरिचित जसलाई मैले कहिल्यै भेटेकी छैन, उनीहरुले मेरा बारे लेखिरहेकी छिन् । उनीहरुलाई वास्तविकता के हो, थाहै छैन् । जसले उनीहरुले लेखेको पढ्छन्, उनलाई लाग्छ कि म राम्रो मान्छे होइन । मलाई लाग्छ कि म उनीहरुलाई भनूँ, ‘मलाई सोध म तिमीलाई सही जवाफ दिनेछु । ’ यसले मलाई तनाव दिन्छ किनभने उनीहरुले मेराबारे गलत कुरा गरुन् भन्ने म चाहन्नँ ।’

प्रतिक्रिया दिनुहोस्