Logo

प्रहरीको पैसा लिएर लागूऔषध कारोबारी फरार


Published On : 15 May, 2019

काठमाडौं, १ जेठ ।
गत साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै तीन लाख पैसा लिएर कर्मचारीका एक छोरा फरार भए । प्रहरीको एक अप्रेसनमा पनि त्यस्तै भएको छ । ग्राहक बनेर लागूऔषध कारोबारी पक्राउ गर्न खोज्ने क्रममा बाग्लुङमा लागूऔषध कारोबारी नै भागेका छन् ।


सादा पोसाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरिद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले १० हजार ५ सय ठगेर बेपत्ता भएका छन्।

पर्वतको मालढुङ्गामा लागुऔषध खरिदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका ’कुमार’ भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएका बागलुङका कृष्णहरी शर्माले जानकारी दिए। ’पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको तरिका हुँदोरहेछ, हामीले सोहीअनुसार रङ्गेहात पक्राउ गर्ने प्रयास र्गयौँ,’ उनले भने, ’तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो।’ जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्तिको खोजी भइरहेको शर्माले बताए।

प्रतिक्रिया दिनुहोस्