Logo
Logo

‘नेपाल नेक्स्ट सुपर मोडल’ बन्न ३० जना मोडल भिड्दै



काठमाडौं । ‘नेपाल नेक्स्ट सुपर मोडल–२०२१’को पहिलो चरणको अडिशन सम्पन्न भएको छ । आरएनआर ग्रुपकोको आयोजनामा हुन गइरहेका यो प्रतियोगिता ‘नेपाल नेक्स्ट सुपर मोडल’को पाँचौँ संस्करण हो ।

आयोजक संस्थाका अध्यक्ष मञ्जु श्रेष्ठका अनुसार राजधानीको ठमेलस्थित होटल अलप मेरियटमा भएको अडिशनबाट ३० जना प्रतियोगी छनोट भएका छन् । उनीहरुलाई अन्तिम प्रतिस्पर्धाका लागि विभिन्न तालिम दिइने छ । ‘हामी प्रतियोगीहरुलाई एक महिना गु्रमिङ कक्षा दिनेछौँ’ सस्थाकी अध्यक्ष श्रेष्ठल भनिन्, ‘उनीहरुलाई सम्बन्धीत दक्ष कोरियोग्राफर तथा प्रशिक्षकबाट प्रशिक्षण दिन्छौंँ ।’

अडिशन राउण्डका लागि ग्ल्यामरस फोटो ग्राफर राजभाइ सुवाल, आईआईएफटीका निर्देशक फुपू तेन्जिङ शर्पा, कोरिग्राफर रोजिन शाक्य, मोडल तथा कोरियोग्राफर विपना थापालगायत निर्णायक रहेका थिए । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आउँदो डिसेम्बर राजधानीमा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्