Logo
Logo

कपनमा तरकारी किन्न निस्किएकी महिलाको सिक्रि लुटियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ जेठ ।
उपत्यकामा चोरी र लुटपाट बढ्न थालेको छ । कपनको निलोपुलमा मंगलबार एक बृद्धाको सिक्रि लुटपाट भएको छ । बुढानिलकण्ठ नगरपालिका(९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब २ तोला सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको हो ।


तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको उक्त सिक्री हाल नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको प्रहरीले जनाएको छ । गर्मी महिनामा महिलाहरुले सिक्रि लगाएर सुनका गहना देखाएर लगाउने भएकाले लुटपाट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्