Logo
Logo

अस्पतालबाट हामफालेर आत्महत्याको प्रयास गरेका बिरामीको मृत्यु



विराटनगर । विराटनगरको गोल्डेन अस्पतालको तीन तलाबाट हामफालेर आत्महत्याको प्रयास गरेका एक बिरामीको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका धनपालथान गाउँपालिका–१ का ३५ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको हो ।

उनले शुक्रबार बिहान ६ बजे अस्पतालको तीन तलामाथिबाट हामफालेर आत्महत्याको प्रयास गरेका थिए । उनको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बताए ।

मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान पाएका थिएनन् ।

अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताका अनुसार छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । उपचार खर्च ३६ हजार लागेकामा मण्डल परिवारले १९ हजार तिर्न बाँकी अस्पतालले मण्डललाई मंसिर ७ गते डिस्चार्ज दिएको उनले बताए । मण्डलको उपचारका क्रममा ३६ हजार बिल उठेको थियो । सो मध्ये १९ हजार रूपैयाँ तिर्न बाँकी थियो ।

उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासकीय अधिकृत मेहताले बताए । छारे रोगको समस्या देखिएका मण्डलमा मानसिक पनि समस्या रहेको उनले बताए । मानसिक रोग भएकै कारण अस्पतालबाट हामफालेको उनले बताए ।

मण्डलको कुरुवा उनकी सासु बसेकी थिइन् । प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्