Logo
Logo

आगामी चुनावमा एमाले पत्तासाफ हुन्छ : माधव नेपाल



बुटवल । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा एमालेलाई पत्तासाफ पार्ने दाबी गरेका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादीले अर्घाखाँचीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै चुनावमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह भएको बताए ।

सत्ता गठबन्धनलाई टुटाउन विभिन्न शक्ति लागिरहेको भन्दै गठबन्धनलाई कसैले टुटाउन खोजे पनि नटुट्ने, बरू अझै सशक्त भएर अगाडि बढ्ने उनले बताए ।

उनले भने, ‘नजिक आइरहेको राष्ट्रिय सभा चुनावसँगै अरू आउने स्थानीय, प्रदेश र संघीय चुनावमा पनि पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार उठाएर एमालेलाई पत्तासाफ पार्ने सल्लाह गरेका छौं ।’

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले एमालेभित्र फरक मत राख्नेहरूको अपमान भइरहेको भन्दै आफू पनि अपमान सहन नसकी विद्रोह गरेर निस्किएको बताए।

प्रतिक्रिया दिनुहोस्