Logo
Logo

सलमान खानको नाममा अवैध धन्दा



काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले सामाजिक कामका लागि खोलेको बिइङ ह्युमेन नामक संस्थाको नाममा नेपाल अवैध धन्दा हुँदै आएको खुलेको छ । सो संस्थाको नेपालको प्रतिनिधि बनेका राजु थापा र उनका सहयोगीले हुन्डी, मिटरब्याज तथा बेटिङको धन्दा चलाउँदै आएका हुन् ।

दरबारमार्गस्थित बिइङग ह्युमन क्लोथिङ स्टोर नामक पसलबाट यस्तो धन्दा हुँदै आएको छ । प्रहरीले गत साता सो पसलबाट हुन्डीको ६९ लाख ५० हजार रुपैयाँसहित कामदार हिरोसी खनाललाई पक्राउ गरेको छ । तर, सो पसलका सञ्चालक रहेका राजु थापा र सुरज केसी भने अनुसन्धानकै क्रममा रहेको स्रोत बताउँछ ।

‘कामदारले यस्तो काम गर्ने सम्भावना छैन,’ काठमाडौं परिसरका एक अधिकारी भन्छन्,‘सञ्चालककै निर्देशनमा सो काम भएको देखिन्छ ।’ थापा यसअघि पनि बैंकिङ कसुर र ठगी मुद्दामा पक्राउ परिसकेका व्यक्ति हुन् । सलमान खानको नाम बेचेर उनले अन्डरवल्र्ड समूहसँग मिलेर अनेकौं अवैध काम गरिरहेको हुनसक्ने प्रहरी आशंका छ ।

प्रहरीले यसमा विस्तृत अनुसन्धान नगरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको छ । विभागका महानिर्देशक प्रेम भट्टराईलाई प्रभावमा पारी अन्य व्यक्तिलाई उन्मुक्ति दिलाउन बिचौलिया समूह सक्रिय भइसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्