Logo
Logo

बूढानीलकण्ठ नपामा इन्भेष्टमेन्टको १४ औँ एक्सटेन्सन काउन्टर


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । काठमाण्डौंको बूढानिलकण्ठ नगरपालिकामा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले १४ औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका–५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्वपट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवं शिक्षकलगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ ।

यस काउन्टरको उद्घाटन समारोहमा बैंकका कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्यलगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिबृद्धिका लागि ग्रामिण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ र सो काउन्टर अन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ्ग सहजता पुर्याउने छ तथा प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भतmजनहरुलाई पनि यस काउन्टरबाट सहज पहुँच मिल्ने आशा गरिएको छ । साथै नेपाल इन्भेष्टमेण्ट बैंकले खाँदबारीस्थित शाखालाई सोहि ठाउँको खाँदबारी– १, प्रगतिटोल, संखुवासभामा स्थानतरण गरेको छ ।

हाल बैंकले काठमाण्डौं उपत्यका भित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटिएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले आफ्ना ग्राहक सन्तुष्टीलाई उच्चतम स्थान दिइरहेको छ ।

बैंक अफ द एयर पाँच पटक प्राप्त गरिसकेको एनआईबीएलले उत्कृष्ट सेवा तथा व्यवसायमा गरेकोे अब्बल प्रदर्शनका कारण युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड फर एक्सिलेन्स ‘वेष्ट बैंक २०१८’ अवार्ड प्राप्त गर्न सफल भएको छ भने यसै बर्ष इक्रा नेपालद्धारा प्रदान गरिदै आएको क्रेडिट रेटिङमा ए बाट ए प्लस ल्याई स्त्तरोनन्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्