Logo
Logo

मेरो उद्देश्य पत्रकार बन्ने हो- मीना मोदन, मोडल तथा कोरियोग्राफर


- दृष्टि न्युज/संवाददाता


कलाकारिता गर्नेका लागि अवसरसँगै चर्चा–परिचर्चा यही राजधानीमै हुन्छ । कला भइकन पनि मोफसलमा अवसर नहुँदा त्यही विलिन भएका थुपै्र उदाहरण छ । त्यसैले कलाकारितामै ‘केही गर्छु’ भन्नेहरु यही महानगरीमा झुमिन्छन । अहिले मोडल तथा कोरियोग्राफर मीना मादेन यही खाल्डोमा संघर्ष गर्दैछिन् । झापा बुधबारेकी मीना चार वर्षयता मोडलिङ र इभेन्ट कोरियोग्राफीमा छिन् । मोफसलबाटै मोडलिङ सुरु गरेकी मीना भन्छिन्, ‘सन् २०१६ मा ‘मिस मेची’मा सहभागी भएपछि मोडलिङमा सक्रिय भएकी हुँ ।’ मीनाले दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् भने त्यही संख्यामा इभेन्ट कोरियोग्राफी । तर, उनी पत्रकारितामा करिअर बनाउन चाहन्छिन् । मोडलिङसँगै पत्रकारिता विषयमा स्नातक प्रथम वर्षमा अध्ययनरत उनी भन्छिन्, ‘एक कुसल पत्रकार बन्ने मेरो लक्ष्य हो ।’ कार्यक्रम प्रस्तोतासमेत रहेकी मोडल तथा कोरियोग्राफर मीनासँग एमपी सुब्बाको जम्काभेट :

अहिले के गर्दै हुनुहुन्छ ?

अहिले नै भन्नुपर्दा सुटिङमा जान लागेकी हुँ । सुटिङका लागि घरबाट निस्केकी हुँ । यस्तै म्युजिक भिडियो र इभेन्टहरुमै व्यस्त छु ।

आजको सुटिङ केको हो ?

म्युजिक भिडियाकै हो । तर, म मोडलका रुपमा नभएर डाइरेक्टरका भएर हिँडेकी हुँ ।

तपाइँले मोडलिङ सुरु गर्नुभएको कति भयो ?

निकै भइसक्यो । काठमाडौं आएर मोडलिङ गर्न थालेको नै चार वर्ष भयो । झापामै हुँदा पनि मोडलिङ गर्थेँ ।

यो क्षेत्रमा कसरी लाग्नुभयो ?

मोडलिङ गर्ने मेरो रहर हो । सुरुमा लिम्बू भाषाका गीतमा मोडलिङ गरेँ । ‘मिस मेची–२०१६’मा सहभागी भएपछि भने यसै क्षेत्रमा सक्रिय भएर लागेकी हुँ ।

‘मिस मेची’मा टाइटल जित्नुभएको थियो ?

जितेकी थिएँ नि । ‘बेस्ट हेयर’ र ‘मिस कन्फिडेन्स’ टाइटल उपाधि पाएकी हुँ ।

मोडलिङ गर्नकै लागि काठमाडौं आउनुभएको हो ?

त्यस्तै भन्नुप¥यो । उपत्यकाबाहिर बसेर कलाकारितामा अवसर नै हुन्न । मिडिया पनि यही धेरै हुन्छ । तर, मैले पुर्वबाट बन्ने म्युजिक भिडियोमा पनि मोडलिङ गर्दै आएकी छु ।

काठमाडौंको महँगीमा मोडलिङ गरेर खर्च धान्न सकिन्छ त ?

म मोडलिङ मात्र गर्दिनँ । इभन्ट कोरियोग्राफी पनि गर्छु । र, एउटा च्यानलमा कार्यक्रम पनि चलाउँदै आएकी छु । मोडलिङले मात्र त कहाँ पुग्नु नि ।

अरु के–के गर्नु हुन्छ ?

पत्रकारिता पढ्दै छु । मेरो उद्देश्य र लक्ष्य भनेको पनि कुसल पत्रकार बन्ने हो । अर्को कुराचाहिँ हाम्रो विर्ता मिडिया छ । उक्त व्यानरबाट चेतनामूलक बृत्तचित्रहरु बनाउने गरेका छौँ । हालैमात्र ‘राष्ट्रिय मानवअधिकार आयोग’को बृत्तचिच ‘मेरो अधिकार’ बनाएका छौँ । त्यो बृत्तचित्रमा मैले नै मुख्य भूमिकामा अभिनय गरेकी छु ।

पत्रकारितामै रुचि किन ?

पत्रकारिता भनेको राज्यको चौथो अंग हो । पत्रकारितामार्फत आवाजविहीनहरुको आवाज बन्न सकिन्छ । पत्रकारले मासमा आफूलाई चिनाउन सजिलो हुन्छ ।

यहाँसम्म आउँदा मोडलिङ क्षेत्र कस्तो लागिरहेको छ ?

तितो र मिठो दुवै अनुभव भइरहेको छ । मोडलिङ बाहिर सोचजस्तो सजिलो छैन । कहिले कहाँ पुग्नुपर्छ, कहिले कता । त्यही पनि संघर्ष गरिराख्यो भने राम्रो छ यो क्षेत्र ।

‘लभ अफेयर्स’मा रहेर घुम्ने, डुल्ने समयमा काममै व्यस्त हुनुहुन्छ कि, अफेयर्स छ ?

अहिलेसम्म त छैन । भविष्यको कुरा थाहा छैन । ध्यान पनि त्यतातिर गएको छैन ।

प्रेम प्रस्तावहरु कतिको आउँछ ?

आउँछ नि । मोडल भएर मात्र होइन, एउटी केटी भएकाले पनि प्रेम प्रस्तावहरु आउँछ । तर, अहिलेसम्म मनले खाएको र रोजेको पाएकी छैन ।

प्रतिक्रिया दिनुहोस्