Logo
Logo

सम्बन्धविच्छेदका घटना बढ्यो


- दृष्टि न्युज/संवाददाता


नन्दा थापा/बाजुरा

जिल्ला अदालत बाजुरामा सम्बन्धविच्छेद र जबर्जस्ती करणीका घटना वृद्धि भएको देखिएको छ । जिल्ला अदालतमा दर्ता भएका घटनामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेद र त्यसपछि जबर्जस्ती करणीका मुद्दा रहेका छन् । गएको साउनदेखि बैशाखसम्म दर्ता भएका ६४ थान मुद्दामध्ये १५ सम्बन्धविच्छेद र १३ वटा जबर्जस्ती करणीसम्बन्धी रहेको जिल्ला न्यायाधीश तेजनारायण पौडेलले बताएका छन् ।

सम्बन्ध बिच्छेदमा एक वटा बाहेक अरु सबै महिलाका पक्षबाट नै विच्छेदका लागि उजुरी परेको उल्लेख गरिएको छ । यो वर्ष दर्ता भएका मध्ये १२ वटा ज्यान मार्ने उद्योगका मुद्दा परेका छन् । भने ८ वटा सवारी ज्यान सम्बन्धी छन् । सार्वजनिक अपराधका ६, हाडनाता करणी १, लागु औषध २, कुटपीट ३, गाली वेइज्जती ५, कर्तव्य ज्यान ५ वटा मुद्दा परेका छन् ।

न्यायाधीश पौडेलले वैदेशिक रोजगारमा गएका, बहुविवाह गरेका र विश्वासमा सम्बन्ध सञ्चालन गर्न नसकेका परिवारबाटै सम्बन्धविच्छेद गराएका छन् । १५ मध्ये १३ को फैसला भएको र बाँकी २ वटा फैसला हुने क्रममा छन् ।

गएका वर्षमा अन्य अपराधका घटनाहरु बढी हुने गरेपनि सम्बन्धविच्छेद थोरै हुने गरेकोमा यो वर्ष ठिक उल्टो भएको श्रेस्तेदार भोलाराज रेग्मीले बताएका छन् । कुटपिट, हिंसा, आपसी विवाद, जग्गा जमिन भागवण्डाजस्ता मुद्दाहरु दर्ता बढी हुने गरेकोमा यो वर्ष सम्बन्धविच्छेद र जबर्जस्ती करणीका बढी दर्ता भएका छन् ।

सम्बन्ध बिच्छेदमा एक वटा बाहेक अरु सबै महिलाका पक्षबाट नै विच्छेदका लागि उजुरी परेको उल्लेख गरिएको छ । यो वर्ष दर्ता भएका मध्ये १२ वटा ज्यान मार्ने उद्योगका मुद्दा परेका छन् । भने ८ वटा सवारी ज्यान सम्बन्धी छन् । सार्वजनिक अपराधका ६, हाडनाता करणी १, लागु औषध २, कुटपीट ३, गाली वेइज्जती ५, कर्तव्य ज्यान ५ वटा मुद्दा परेका छन् ।

गएको वर्ष फछ्यौट हुन बाँकी २७ र बैशाखसम्म दर्ता भएका ६४ गरि ९१ मुद्दा रहेकोमा ५५ वटा फैसला भईसकेका छन् । भने ३६ वटा बाँकी रहेको न्यायधिस तेजनारायण पौडेलले बताएका छन् । हालसम्म ६४.४३ प्रतिशत मुद्दा फैसला प्रगति भएको अदालतले देखाएको छ ।

समाजमा अपराधको प्रकृति फेरिएको न्यायाधीश तेजनारायण पौडेलको भनाइ छ । शहर बजार क्षेत्रमा हुने अपराधका श्रृखलाहरु गाउँमा पनि देखिन थालेकोले यसले सामाजिक शान्ति र सद्भावमा नराम्रो असर पार्ने बताएका छन् ।

जिल्ला अदालतले जरिवान नतिरेका, कैद भुक्तान नगरेका, कैद र जरिवाना दुबै भुक्तान नगरेका व्यक्तिहरुको समेत नाम सार्वजनिक गरेको छ । कैद र जरिवाना नतिरि फरार रहेका ८ जना प्रेम थापा, चन्द्ररुप ल्वार, सुरेश ल्वार, पम्फा विक, टेकबहादुर विक, हर्कबहादुर बडुवाल, सुरेश बहादुर रोकाया र दिपक रोकाया रहेका छन् ।

यस्तै जरिवाना तिर्न बाँकी १६ जनामा फागुने रावत, बुदे कठायत, वीरबहादुर कठायत, जंग कठायत, नरबहादुर रावत, प्रभुजंग मल्ल, पुजा मल्ल, बलबहादुर शाही, मन्धरी क्षेत्रीनी, मानसिंह मिजार, अर्जुन ल्वार धौली ल्वार, बाजु विक, बाजुरी विक, घुघुरी न्यौपाने रहेका छन् ।

कैद भुक्तान गर्न बाँकी फरार सूचीमा रहेका २५ जनाको नाम सार्वजनिक गरिएको छ । जसमा नरबहादुर शाह, जीत रावत, मानसिंह बोहरा, केदार धामी, शेरबहादुर बुढा, धनसिंह थापा, मीनबहादुर सिंह, वीरबहादुर अयडी, विरेन्द्र बोहरा, पदम सिंह रावल, धनसिंह रोकाया रहेका छन् ।

यस्तै डबल थापा, चन्द्र हुर्केनी, दिपक शाही, अर्जुन विक, लक्षिमा विक, भरत गिरी, इन्द्रबहादुर साउद, रामबहादुर उखेडा, गोविन्द्र रावल, दीपक शाही, रमेश धामी, पुष्करबहादुर शाह र गोविन्द्रबहादुर शाही छन् । जेल भुक्तानी अवधि १ महिना ६ दिन देखि २० वर्षसम्म छ ।

प्रतिक्रिया दिनुहोस्