Logo
Logo

प्रहरीको गोली लागेर विप्लव कार्यकर्ताको मृत्यु


- दृष्टि न्युज/संवाददाता


भोजपुर ।
प्रहरीले गोली हानी भोजपुरबाट मंगलबार पक्राउ परेका विप्लव माओवादीका कार्यकर्ता तीर्थ घिमिरेको उपचारका क्रममा मृत्यु भएको छ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते विप्लव कार्यकर्ता घिमिरेको मृत्यु भएको हो । घिमिरेको तिघ्रामा गोली लागेको थियो । षडानन्द नगरपालिका–२, कुदाककाउलेका ३२ वर्षीय घिमिरे विप्लव समूहका संगठित सदस्य रहेको प्रहरीले जनाएको छ ।

घोत्रेखानी जंगलमा विप्लव माओवादीको गतिविधि रहेको सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई हतियार देखाएपछि उनीमाथि गोली चलाइएको थियो। उनको साथबाट एक थान पेस्तोल, पाँच राउण्ड गोली, बम बनाउन प्रयोग हुने डेटोनेटर चार वटा, २५ मिटर कर्ड, बाइनाकुलरलगायत बरामद भएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्