Logo
Logo

पार्टी दिएको जिम्मेवारी स्वीकार्छु : सहसंयोजक तामाङ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) का सह संयोजक अध्यक्ष रञ्जित तामाङले पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताउनुभएको छ ।


आज झापाको बिर्तामोडमा प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहअध्यक्ष तामाङले ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ’, उनले भने, ‘पार्टी एकताका त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।’

तामाङले आफूलाई पार्टीले जिम्मेवारी दिने विषयमा अन्याय भएको बताउनुभयो । ‘म पदबाट राजिनामा दिन्नँ’, उनले भने, ‘मेरो मूल्यांकलन गरेर मलाई पार्टीले अर्को जिम्मेवारी दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्