Logo
Logo

महालक्ष्मी विकास बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा नागरिक अभिनन्दन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि २५औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले आफ्ना ९३ वटै शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रमहरु आयोजना गरी २५औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गरेको छ ।

दरबारमार्ग, काठमाडौँस्थित बैंकको केन्द्रीय कार्यालयले काठमाडौँ उपत्यकामा रहेका आफ्ना शाखाहरुका कर्मचारीको सहभागितामा दरबारमार्गबाट भद्रकाली, न्यूरोड, असन र पुनः दरबारमार्गसम्म प्रभातफेरी गरेको थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले काठमाडौँ महानगरीय प्रहरी वृत, दरबारमार्गका प्रमुख शिव घिमिरेलाई प्रभातफेरीमा सुरक्षा व्यवस्थापन गरी सहयोग गरेकोमा विशेष धन्यवाद दिँदै फ्लोरेसेन्ट ज्याकेट वितरण गरेका थिए ।

साथै बैंकको प्रधान कार्यलयमा रजतजयन्तीको सुखद उपलक्ष्यमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दन कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय तथा सञ्चालक सदस्य रुपेन्द्र पौडेल, राजेश रौनियारको पनि उपस्थिति थियो । बैंकका सञ्चालक समितिका अध्यक्ष उपाध्यायले सो समारोहमा संस्कृति, पुरातत्व र लोकसंस्कृतिको क्षेत्रमा युगान्तसम्म सत्यमोहन जोशीले पु¥याएको अनुकरणीय योगदानको कदर गर्दै उहाँलाई सम्मानपत्र तथा रु एक लाखको चेक हस्तान्तरण गरी अभिनन्दन गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत लामिछानेले शुभकामना मन्तव्य दिँदै ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं शेयरधनीको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि हार्दिक कृतज्ञता व्यक्त गरेका थिए भने ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धतासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्