Logo

ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


दैलेख । दैलेखमा मिनी ट्रक दुर्घटना हुँदा आज तीन जनाको मृत्यु भएको छ । सुर्खेतबाट जुम्ला जाँदै गरेको मिनी ट्रक दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ निगालपानीमा दुर्घटना हँुदा तीन जनाको मृत्यु भएको हो ।

दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताउनुभएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताउनुभयो ।

सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ । सेतो गाडी कालो देखिएको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । प्रत्यक्षदर्शी प्रहरी ठगीराम शर्माले जानकारी दिनुभएको छ । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्