Logo
Logo

चितवनको कालिकामा चोरको आक्रमणबाट एकजनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


चितवन, १२ जेठ । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. १ लंकालाईनमा चोरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । ४७ वर्षीय कुमार सिंह श्रेष्ठको चोरको आक्रमणबाट मृत्यु भएको हो । बिहान ६ बजेसम्म बुबा नउठे पछि ढोका खोल्न जाँदा बुबा मृत अवस्थामा भेटिएको मृतकका छोरा सुमन श्रेष्ठले बताए ।

बेलुका ८ः३० बजेसम्म बुबासंग कुरा भएको र बेलुका खानाखान ढिलो हुने बताएपछि आफूहरुले खाना खाई घरको माथिल्लो तलामा सुतेको उनले बताए । बुबा सधै भुँइतलामा सुत्नुहुन्थ्यो, उनले भने । बेलुका ८ बजेतिर बुबा घरबाट बाहिर निस्कनु भएको थियो । आउने ढिला हुने भनेपछि घरका सबै ढोकाहरु बन्द गरी अगाडिको ढोका मात्र लक नगरी छाडिएको मृतकका छोरा सुमनले बताए । बुबाले लगाउन ुभएको ५ तोलाको सिक्री र ३ तोलाको औठी चोरी भएको उनले बताए । अरु के के सामानहरु चोरी भए अहिले भन्न सकिने अवस्था छैन, उनले भने । बिहान उठ्दा घरको अगाडिको ढोका लक भएको पाइएको र पछाडीको ढोका भने खुल्लै रहेको थियो, उनले भने ।

घटनास्थल मृतक श्रेष्ठ सुतेको कोठामा इटाहरु देखिएको छ । उनले प्रयोग गर्ने मोबाइल भने भुइँमा नै देखिएको छ । खाटको झुलको अवस्था पनि सामान्य नै देखिन्छ । घटना हेर्दा सुनियोजित भएकोले निष्पक्ष छानविन गरी दोषीलाई कडा भन्दा कडा कारवाही गर्न ुपर्ने स्थानीयहरुले बताएका छन् । घटनाको सम्बन्धमा बिहान थाहा भएपछि प्रहरी सो स्थानमा पुगेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) सन्तोष आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्