Logo
Logo

मिर्चैया र मलंगवामा नेपाल बंगलादेश बैंकको शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । शाखा विस्तारको क्रमलाई निरन्तरता दिइरहेको नेपाल बंगलादेश बैंक लिमिटेडले सिराहा जिल्लाको मिर्चैया र सर्लाही जिल्लाको मलंगवामा नयाँ शाखा विस्तार गरेको छ । यससँगै बैंकको शाखा संख्या ९० पुगेको छ । नयाँ शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

यी दुई शाखा विस्तारसँगै ९० शाखाबाहेक बैंकले ७ एक्सटेन्सन काउन्टर, तथा ७२ वटा एटीएमबाट पनि बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्