Logo
Logo

कामना सेवा विकास बैंकबाट पनि अब डिम्याट खाता खोल्न सकिने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कामना सेवा विकास बैंकले निक्षेप सदस्य सम्बन्धी कार्य गर्न बैंक अफ काठमाडौं क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ । यस सम्झौताअनुसार अब ग्राहकहरुले देशभरि छरिएर रहेका यस बैंकका शाखा कार्यालयहरुबाट डिम्याट खातासम्बन्धी सुविधा लिन सक्नेछन् । साथै, २०७६ साल असार ३१ गते सम्म खाता खोल्ने ग्राहकहरुले निःशुल्क रुपमा डिम्याट खाता खोल्न सक्नेछन् ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्याकारी अधिकृत प्रविण बस्नेत र बैंक अफ काठमाडौं क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्याकारी अधिकृत दिनेश प्रसाद खतिवडाले हस्ताक्षार गरेका थिए ।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८४ वटा शाखा तथा ३९ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एबिबिएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, सीआस्वा लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । आगामी दिनमा पनि आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्