Logo
Logo

कपिलवस्तुको चन्द्रौटामा प्रभु बैंकको नयाँ शाखा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । प्रभु बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरेको छ । शाखाकाृ उद्घाटन गर्दै शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले चन्द्रौटा शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्ने अवसर मिलेकामा खुसी व्यक्त गरेका थिए ।

उक्त शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्