Logo
Logo

माछापुच्छरे बैंकको शाखारहित बैंकिङ १०० पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले डडेलधुरामा आफ्नो ९९ र १०० औं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले डडेलधुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडा र अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।


यो सहित माछापुच्छरे बैंकको हालसम्म १०० शाखा रहित बैंकिङ सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १०१ वटा शाखाहरु लगायत १०० शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा २०१ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १२२ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्