Logo
Logo

सगरमाथामा भीड, फाइदा विदेशी पूँजीपतिलाइ, के वेस क्याम्प सम्म केवल कार सम्भव छ?


- दृष्टि न्युज/संवाददाता


सगरमाथामा भीड वढेको, ट्राफिक जाम भएको समाचार नौलो होइन । यसपालीपनि सगरमाथामा भीडभाड भयो । चड्न र ओर्लन लाइन लागेको फोटो संसारका धेरै मिडियाले प्रकाशन गरे । तर सगरमाथामा भीड वढेपनि वढी फाइदा विदेशी पूँजीपतिलाई हुने गरेको तर्फ भने कमै चर्चा भएको छ ।

सरकारले यसतर्फ गम्भीर कदम चालेर सगरमाथा नेपालमा रहनुको फाइदा नेपाल र नेपालीलाई दिलाउन सक्नु पर्दछ । यो सम्भवपनि छ ।

सगरमाथा कुनै पिकनिक स्थल होइन । यहाँ जस्तोसुकैलाईपनि चढ्ने अनुमती दिइनु हुन्न । सगरमाथा शिखरमा चढ्ने विषय वर्षै भरी चलिरहने विषय पनि होइन । यो खास समयमा मात्र सम्भव हुन्छ । त्यसैले सगरमाथा चढ्ने विषय सस्तो व्यापार गर्ने विषय वनाइनु हुन्न । तर नेपाल सरकार र नेपाली व्यवसायीहरुले यसलाइृ सस्तो व्यापार गर्ने पिकनिक स्थल वा जात्रास्थल जस्तो वनाइनु हुन्न ।

सगरमाथा चढ्न चीन र नेपाल दुबै तिरवाट पाइन्छ । सगरमाथा नेपालमा भएपनि नेपाल र चीनका विच भएको सहमति अनुसार चीनवाट चढ्ने वेलामा नेपाल सरकारको अनुमति लिन पर्दैन । चीन सरकारको अनुमति लिए पुग्छ । तसर्थ नेपाल सरकारले सगरमाथा चढ्न महंगो गरेमा अथवा सिजनमा उपयुक्त कोटा निर्धारण गरेमा चीन तर्फवाट सगरमाथा चढ्न जान्छन् भन्ने तर्क पनि छ । त्यसैले यहाँको सरकारी शुल्क महंगो गर्न हुँदैन भन्ने तर्क छ । तर चीनले पनि भीडभाड हुने गरी चढ्ने अनुमति दिन कुनै हालतमा सक्दैन । त्यसको निश्चित सीमा हुन्छ नै । त्यसैले सकिन्छ भने चीन सरकार संगपनि सहमति गरेर सगरमाथा चढ्ने कोटा ठिक्कको मात्र राखेर शुल्क अहिलेको भन्दा वढाउनु पर्दछ ।

यसवाट नेपाल सरकारलाई प्रत्यक्ष आय वढ्ने हुन्छ ।

अहिले सगरमाथा चढ्न सजिलो समय अर्थात वसन्त ऋतुको वेला नेपाल सरकारलाई विदेशीले ११ हजार अमेरिकी डलर तिर्नु पर्दछ । तर यो रकम अति कम हो । सगरमाथा चढ्न विदेशी पूँजीपतिहरुले प्रायोजन गर्ने हुन्छ र आफ्नो सामानको प्रचारकालागि यो अभियानलाई प्रयोग गर्ने चलन वढेको छ । त्यसैले ११ हजार डलर भनेको केहीपनि होइन । तसर्थ यसलाई कम्तिमा दोव्वर वनाइनु पर्दछ । दोव्वर गर्दा एकातिर सगरमाथामा भीडभाड प्रदुषण दुर्घटना आदि कम हुन्छ भने अर्कोतिर नेपाललाई आय पनि वढ्ने हुन्छ ।

अर्को विषय भनेको नेपाली गाइड शेर्पाहरु र ट्रेकिंग कम्पनिले विदेशी गाइड र कम्पनी भन्दा कम रकममा ज्यान जोखीममा राखेर विदेशीलाइ सगरमाथा चढाउने गरेका छन् । विभिन्न वेवसाइडमा राखिएको जानकारीका अनृुसार विदेशी गाइड र ट्रेकिंग कम्पनीले दोब्बर भन्दा वढी रकम लिने गरेका छन् । यसलाई नेपाल सरकारले नियन्त्रण गर्नु पर्दछ ।

सकिन्छ भने विदेशी गाइड र कम्पनीमाथि प्रतिवन्ध लगाइनु पर्दछ । नभए कम्तिमा नेपाली शेर्पा र कम्पनीको शुल्क विदेशी सरह अर्थात अहिलेको भन्दा दोब्बर वनाइनु पर्दछ ।

सगरमाथा चढ्न जानेवाट मात्र फाइदा लिने होइन । सगरमाथा नजिकवाट हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकहरुको संख्या वृद्धि गरिनु पर्दछ । संख्या वृद्धि गर्न सुविधा र पूर्वाधार वृद्धि गरिनु पर्दछ । यसकालागि लुक्लाको वैकल्पिक विमानस्थल आवश्यक छ । लुक्लाले मात्र चाप थेग्न सकेको छैन । लुक्ला हुँदै नाम्चे वजार, थ्यांगवोचे, डिंगवोचे, लोबुचे, गोरक सेप र सगरमाथा वेस क्याम्प सम्मको केवल कारको सम्भाव्यता अध्ययन गरिनु पर्दछ ।

साथै लुक्ला, नाम्चे वजार र सम्भव भए त्यो भन्दा माथिपनि पाँच तारे होटलको सम्भाव्यता अध्ययन गरिनु पर्दछ । हामीले कल्पना गरौं कि सगरमाथा युरोप, अमेरिका , जापान आदि देशमा भएको भए कति कमाइ सक्थे होला ?

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्