Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मेगा बैंकको एटिएम


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले त्रिभुवन बिमानस्थलमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

आफ्ना ग्राहकहरुलाई धेरै भन्दा धेरै बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको मेगा बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा थप सहज होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय बिमानस्थलमा एटीएम सेवा विस्तार गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ९९ पुगेको छ ।

सन् २०२० को नेपाल भ्रमण बर्षलाई पनि ध्यानमा राखेर बिमानस्थलमा विस्तार गरिएको एटीएम सेवाले स्वदेशी तथा विदेशी पर्यटकहरु प्रत्यक्ष लाभान्वित हुने मेगा बैंकको विश्वास छ ।

देशभर १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् ।

प्रतिक्रिया दिनुहोस्