Logo
Logo

टाइमर मिलाउन नजान्दा १२ घन्टा अघि नै पड्कियो बम, ज्यान गुमाउनेको संख्या ४ पुग्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १३ जेठ ।

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ। सुकेधारा र घट्टेकुलोमा एकै पटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो। राजधानीका थप चार ठाउँमा बम भेटियो। एम र पिएमको अलमलले योजनाभन्दा १२ घन्टा अघि नै विस्फोट भएको प्रहरीको भनाइ रहेको छ ।

प्रहरीका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरुले १२ घन्टाअघि टाइम मिलाउने क्रममा एक्कासी बम पड्किएको बताएका छन्। सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनवटा विस्फोट दुर्घटनावस भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनामा विप्लव समूहका चारजनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

सुकेधारा विस्फोटमा घाइते भएर ओम अस्पतालमा उपचाररत नेवाः मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र महर्जनले त्यही वयान दिएका छन् । ‘महर्जनले बम बनाउने क्रममा विस्फोट भएको बयान दिएको महानगरीय प्रहरी अपराधले जनाएको छ । सुकेधारा बिस्फोटमा एकजनाको घटनास्थलमै र दुई जनाको ओम अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

सुकेधारामा बिस्फोट भएकै समयमा घट्टेकुलोमा पनि विस्फोट भएको छ । विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको छ भने रविन केसी घाइते भएका छन् । खुट्टामा चोट लागेका उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । केसी विप्लव समूहसम्वद्ध विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका इकाई अध्यक्ष भएको खुलेको छ ।

यसैगरी कोटेश्वर सातदोबाटो, ग्वार्को र लगनखेलमा भने शंकास्पद बम भेटिएको छ। यी चारै स्थानमा नेपाली सेनाको टोलीले बम निस्क्रिय गरेको छ।

आइतबार साँझै नागढुंगामा भएको बम विस्फोटमा परी २ जना घाइते भएका छन्। सो विस्फोटमा परेको आशंकामा आदिनारायण इटाभट्टा नजिकैबाट बा २८ प ८१४५ मोटरसाइकलमा सवार २ जना पक्राउसमेत परेका छन्। यसैगरी प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित ७ जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्