Logo
Logo

एकै दिन एक करोड राजस्व दाखिला गराएँ


सुकदेव भट्टराई खत्री


क्रमस…
महालेखाको ५४औँ प्रतिवेदन सार्वजनिक भएपछि मलाई धेरैले बधाई एवं प्रशंसा गर्ने काम भयो । यस क्रममा मेरो कार्यकक्षमै पूर्वयोजना आयोगका उपाध्यक्ष डा. पृथ्वीराज लिगल, लोकसेवा आयोगका पूर्वअध्यक्ष एवं प्रशासनविद् डा. भीमदेव भट्ट भेट गर्न आउनुभयो ।योजना आयोगका उपाध्यक्ष लिगलले विदेशमा लेखापरीक्षणका कारण ठूला घोटला प्रकरण सार्वजनिक भएपछि जनमानसमा हलचल आउने गरेको र सरकार सुधार गर्न बाध्य हुन्थ्यो ।

नेपालमा तपाईंले राजस्वको सवालमा महालेखा परीक्षकको अनुभूति गराइदिनुभयो भनेर आफ्नो धारणा व्यक्त गनुभयो । पछि, लाभकरको मुद्दा जितेपछि २००७ सालका अर्थसचिव एवं नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशम्शेर जबराले बोलाएर अनुभव आदान–प्रदान गर्नुभयो ।

र, एउटा कार्यक्रम आयोजना गरी ट्रान्सपरेन्सीका पूर्वअध्यक्ष खेमराज रेग्मी, प्रोपब्लिकका अध्यक्ष र मसहित सहभागी भएर पूर्वगभर्नर जबराले भ्रष्टाचार र सुशासन सम्बन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेबारेमा छलफल गरियो ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले एउटा अन्तक्र्रिया कार्यक्रममा तपाईंले भ्रष्टाचार र राजस्व चुहावटबारे वर्तमान अवस्थामा बढी योगदान गरेको भनी विश्लेषण गर्नुभएको थियो । साथै, कार्यक्रममा विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समेत स्पस्ट पार्नुभएको थियो ।

यस्तै, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले मैले आफूलाई राज्यमा अभागी व्यक्तिका रुपमा लिएकामा तपाईंलाई दोस्रो अभागीका रुपमा लिन्छु भन्नुभयो ।

किनकि, तपाईंको कामको योगदानको आधारमा राज्यबाट ठगिनुभयो भन्ने उहाँको भनाइ रहेको थियो । यी क्षणहरू मेरा जीवनका लागि सदैव स्मरणीय रहने छन् ।

एकपटक भन्सार विभागका महानिर्देशक बेरुजु फच्र्छौटको काम लिएर मेरै कार्यकक्षमा आएर अनुरोध गर्दा यो बेरुजु रकम नबुझाइ फच्र्योट हुँदैन भनेर जानकारी गराएपछि भन्सारबाट सोही दिन १ करोड राजस्व दाखिला गराउने कामसमेत भयो ।

महालेखाको काममा सुधार ल्याउन सार्वजनिक लेखा समितिको अहम् भूमिका रहेको छ । यसैगरी लेखापरीक्षण पद्दति सुधारमा पूर्व महालेखापरीक्षक विष्णुवहादुर केसी र भानुप्रसाद आचार्य, पूर्वअर्थसचिव रामेश्वर खनाल र पूर्व मुख्यसचिव सोमलाल सुवेदीको ठूलो योगदान रहेको छ ।

यसैगरी पद्दति निर्माणमा पूर्व कावा महालेखापरीक्षक भद्रेश्वर उपाध्याय र विमला सुवेदी, उपमलेप देवबहादुर बोहरा र ईश्वर नेपालसमेतको भूमिका रहेको छ ।

म कार्यालयको कामलाई सधँै उच्च प्राथमिकतामा राख्दथे । म कहाँ मातहतका कर्मचारीका सिकायत कमै मात्रामा आउने गर्दथ्यो । जिल्लाबाट काम लिन आएका सेवाग्राहीको काम तुरुन्त गरिदिने व्यवस्था मिलाएको थिएँ । भनसुनलाई प्राथमिकता दिन्नथेँ ।

आफू प्रमुख रहँदा प्रभावशाली एक पूर्वप्रधानमन्त्रीको आफन्तलाई लेखापरीक्षण काम दिलाउन स्वकीय सचिव नै आउँदा पनि मैले सोझै काम नदिएर रोष्टरमा नाम लेखाउन लगाए । उच्च निकायबाट आएको दबाबपूर्ण कामले प्राथमिकता पाउने थिएन ।

यसै क्रममा संसद् सचिवालयका उच्च पदाधिकारीले संसद पदाधिकारीको अनियमित वा कानुनविपरीत भत्ता नियमित गरी रुजुका लागि पठाउँदा इन्कार गरी फिर्ता पठाइदिएँ । यसले संसद्मा हल्लाखल्ला नै मच्चायो ।

कार्यालयमा सरकारी कामको सिलसिलामा आउने कतिपय उच्च पदाधिकारी पनि मेरो कार्यकक्षमा सोझै आउँदैन थिए । त्यस्ता पदाधिकारीमा कतिपय राज्यको संवैधानिक निकायमा हाल कार्यरतै छन् ।

एकपटक भन्सार विभागका महानिर्देशक बेरुजु फच्र्छौटको काम लिएर मेरै कार्यकक्षमा आएर अनुरोध गर्दा यो बेरुजु रकम नबुझाइ फच्र्योट हुँदैन भनेर जानकारी गराएपछि भन्सारबाट सोही दिन १ करोड राजस्व दाखिला गराउने कामसमेत भयो ।

मैले भ्रष्टाचार र सुशासन विषयमा २०५४ सालबाट हालसम्म करिब ४ सय ५० वटा लेख रचना राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशित गरे । पिताजीको प्रेरणाले आत्मादर्शन र धर्मसम्बन्धी ६ वटा पुस्तक प्रकाशित गरे । हाल म राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्रष्टाचार र सुशासनसम्बन्धी विभिन्न संस्थामा आवद्ध रहेको छु ।

प्रतिवेदन तयारीको क्रममा बिदाको दिन कार्यालयको काममा जानुपर्दा सरकारी साधन नलिई सार्वजनिक यातायात प्रयोग गर्दथे । करिब एक वर्ष कावा महालेखापरीक्षक हुँदा सो अवधिमा मैले पाउने २ लाख भत्ता सुविधा रकम नलिइ राजस्व नै दाखिला गर्न लगाएँ ।

मेरो कार्यकालमा कार्यालयको बजेट करिब १ करोड ७५ लाख रुपैयाँ मितव्ययी आधारमा खर्च कटौती गरे, जुन अघिल्लो आर्थिक वर्षभन्दा कम हो । पछिल्लो वर्षबाट खर्च रकम निकै वृद्धि भयो । यस कुराको पुष्टिका लागि महालेखाको आव २०७२।७३ देखि ३ वर्षको आर्थिक विवरण अध्ययन गर्दा जानकारी हुन्छ ।

अन्तमा पिताजी वीरबहादुर खत्रीबाट लिएको ज्ञानमार्गबाट सरकारी सेवामा रहँदा उच्च मनोवलका साथ काम गरेँ राज्यका सबै अंगलाई आफ्ना तर्फबाट जागरुक बनाए । बाँकी जीवन यसमै लाग्नेछु ।

–समाप्त–

प्रतिक्रिया दिनुहोस्