Logo
Logo

लालीगुराँस ‘राष्ट्रिय फूल’ हुने सयपत्रीहरू किन नहुने ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ,१४ जेठ ।
नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन् । गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला ?

यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ । वनस्पतिविद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो ।

तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गरेको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालिगुराँसको परिचय फराकिलो बन्यो ।

पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय÷अन्तर्रा्ष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा। तीर्थबहादुर श्रेष्ठले बताए । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।

‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफलपश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’–विगत स्मरण गर्दै उनले नेपाल समाचारपत्रसँग भने ।

प्रतिक्रिया दिनुहोस्