Logo
Logo

विप्लवले लिए बम विस्फोटको जिम्मेवारीः मारिएका चारै जना आफ्ना कार्यकर्ता भएको स्वीकार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १४ जेठ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको निधन भएको बताएका हुन् ।

विज्ञप्तिमा विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ ।

राज्यआतंक, कमरेड तीर्थ घिमिरे हत्याकाण्ड विरुद्ध आयोजित नेपाल बन्द कार्यक्रमलाई साथ् र सहयोग दिने राजनीतिक पार्टी र आम जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं,ु विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, जेठ १२ गते काठमाडौँमा भएको घटनाको सत्यतथ्य जनतामा ल्याउने प्रतिबद्धता रहेको विज्ञेप्तीमा उल्लेख गरेका छन ।

प्रतिक्रिया दिनुहोस्